सन्तुस्थि

By Notes Vandar

कक्षा ‘१०’को नेपाली किताबको पाठ ‘२’मा समावेश ‘सन्तुस्टि’ एक नीतिप्रधान कविता हो । उक्त कविताका रचनाकार कवि भरतराज पन्त हुन् । पन्तले फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्यसम्मको यात्रा पूरा गरेका छन् । उनले जुनकिरी, उर्लेको आँसु, मेरो राम आदि कृतिहरु रचेका छन् । शास्त्रीय छन्दमा सिर्जना गर्ने कवि पन्तले ‘सन्तुस्टि’ कवितामा मानिसले आफ्नो जिवनमा सन्तुस्टि प्राप्त भएका वस्तुहरुबाट नै सुख र सन्तुस्ट हुनुपर्छ भन्ने विचार प्रस्तुत गरेका छन् ।

मानिसले आफ्नो जिवनमा कहिल्यै असन्तुस्ट हुुनु हुँदैन । मानिसलाई जिवनमा इक पेट खान, एक जोर लाउन, बस्नलाई एउटा झुपडी र सुत्नका लागि तीन हात जमिन भएपनि हुन्छ भन्ने मान्यता कविको छ । कवि आफू पनि एक पेट खान पाएकोमा टम्म भएको अनुभव गर्छन् । उनलाई भरे के खाने हो वा अर्को छाक कसरी टार्ने हो भन्ने कुनै चिन्ता छैन त्यसैले उनी सन्तुस्ट देखिन्छन् । मानिसले पनि भोग विलासको जीवन भन्दा पनि सादा जीवनमा ध्यान दिए सन्तुस्ट भइन्छ । कविका अनुसार अनेक दु:ख कस्ट पार गर्दै मानिस आजको सुविधा सम्पन्न युगमा आइपुगेको छ । मानिसले आफ्ना जीवनमा चाहिने यावत् कुराहरु सञ्चित गरे पनि ऊ सन्तुस्ट देखिन्न । उसको असन्तुस्टिको कारण उसभित्र रहेको विलासिताको चाहना नै हो । आज एउटा उपलब्धि भए भोली अर्को अनि पर्सि अर्को उपलब्धि गर्न चाहना मानिसका मनमा पलाउँदै जान्छन् । त्यस्ता उपलब्धिबाट विलासी जीवन जिउन सकिन्छ भन्ने भ्रममा मानिस परेको हुन्छ । मानिसले नखाई जोगाउने काम गर्नु हुँदैन । अरुको कमाइ कहिल्यै खानु हुदैन र अर्काको भाग खाएर डाँका काम कहिल्यै नगरे जीवनमा सन्तुस्टि प्राप्त गर्न सकिन्छ । मानिसले दु:खमा आत्तिने र सु:खमा मात्तिने गर्नु हुदैन । दु:ख सु:ख जिचनमा आइनै रहन्छन् । हिम्मत नहारेर काम गरे सफल पनि भइन्छ र सन्तुस्टि पनि प्राप्तका लागि असल, व्यवहार कायम गर्नुपर्छ । आफ्ना इस्टमित्र वा साथीसँग कहिल्यै नराम्रो व्यवहार गर्नु हुँदैन । वचन बिझ्ने बोली बोल्दैनन् भने जीवनमा सन्तुस्टि प्राप्त गर्न सकिन्छ । आफ्ना कुरा खुलस्त र स्पस्टसँग राखेर र सबैसँग राम्रो व्यवहार गरेर जिवनमा सन्तुस्ट भइन्छ । जीवनमा कहिल्यै पछुताउने काम गर्नु हुदैन ।

यसरी कविले जिवनमा आफू वरिपरिका सामान्य वस्तुहरुबाट सन्तुस्टि प्राप्त गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरेका छन् । भौतिकवादीहरु जतिनै धन सम्पत्ति भए पनि सन्तुस्ट हुँदैनन् तर अध्यात्मवादी, त्यागी, भोग विलासको चाहना नराख्ने व्यक्तिहरु सामान्य कुरामा नै सन्तुस्टि हुन्छन् । सन्तुस्टि प्राप्त गर्नका लागि सधै आफ्नो कर्म सद्धापूर्वक गर्नुपर्छ ।

Important Questions
Comments
Discussion
0 Comments
  Loading . . .