जन्मभूमि

By Notes Vandar

कक्षा ‘१०’को नेपाली किताबको पाठ ‘१’मा समावेश गरिएको ‘जन्मभूमि’ कथा एक पौराणिक विषयवस्तुमा आधारित कथा हो । उक्त कथाका कथाकार नेपाली किताबका सम्पादकहरु नै हुन् । लङ्काको सफल विजयपश्चात् रामलाई अयोध्याको राजा नभइ लङ्काको राजा बनाउन उनका भाइ लक्ष्मण र रावणका भाइ विभीषणले निकै प्रयत्न गरे तर राम एक देशभक्त र मातृभक्त व्यक्ति भएकाले उनले लङ्काको राजा हुन अस्वीकार गरे। उनका विचारमा जननी र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् भन्ने थियो ।

रामका विचारमा सुखैसुखको नाम स्वर्ग हो र त्यसको स्वर्गीय आनन्द सुन्दर, समृद्ध लङ्का राज्यमा पाउन सकिने पर्याप्त सम्भावना रहे पनि संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो । जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । त्यसैले जन्मभूमिलाफ चटक्कै भुल्नु र लत्याउनु राम्रो होइन । मानिसहरु मरेपछि स्वर्ग जाने इच्छा गर्छन् तर त्यो स्वर्गभन्दा पनि रमणीय स्वर्ग जननीको कदर भने गर्दैनन् यदि कदर गर्थे भने स्वर्गको अभास मृत्यु अघि नै जन्मभूमिमा हुन्छ। सुख सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरु असल मान्छे हुन सक्दैनन् । राम एक देशभक्त, व्यक्ति भएकाले उनलाई लङ्ककाको वैभव, सुख तथा ऐश्वर्यले कति पनि आकर्षण गर्न सकेन । उनमा आफ्नो जन्मभूमिप्रति असीम आस्था र श्रद्धा थियो । दु:खै भए पनि आफ्नै जन्मभूमि प्यारो हुने र त्यहीँ स्वर्गीय आनन्द प्राप्त गर्न सकिने कुरामा उनलाई पूर्ण विश्वास थियो । जननी आफ्नो सन्तानलाई जन्म दिन्छिन् । त्यस्ती जननीको कोखमा रमाउन पाउनु भनेको नै स्वर्गीय आनन्द लुट्नु हो । जननीको न्यानो र प्यारो आँचलको कदर गर्नेहुरका लागि जननी स्वर्गभन्दा महान् हुन्छिन् । जननी मानिसलाई जनमाउँछिन् र जन्मभूमि उनीहरुलाई कर्म गर्न सिकाउँछ । जननीले झैँ आश्रय दिएर हुर्काउने काम जन्मभूमिले पनि गरेको हुन्छ । जननी र जन्मभूमिको कदर गर्न कहिल्यै पनि छोड्नु हुँदैन । हरेक मानिस जननी र जन्मभूमि बिना अधुरो र अपुरो हुने गर्छ । यदि उसको शिरमा जननी र जन्मभूमिको आशिर्वाद हुन्छ तब ऊ जतिसुकै अप्ठ्यारो पनि सामना गर्न सम्भव हुन्छ । त्यही कारणले राम पनि अयोध्या फर्किए ।

रामजस्ता महान् व्यक्तिले लङ्काको वैभव समेत त्यागेर स्वदेशमै अर्थात् अयोध्या फर्किनुबाट पनि ‘जननी र जन्मभूमि स्वर्गभन्दा महान् हुन्छन् ’ भन्ने भनाइ पुस्टि हुन्छ । त्यसकारण हरेक व्यक्तिले जननी र जन्मभूमिको महत्व बुझि सधै सम्मान गर्नु पर्छ । जन्मभूमिको विकास गर्नुपर्छ ।

Next Chapter
Important Questions
Comments
Discussion
0 Comments
  Loading . . .