घरझगडा
By Notes Vandar
शब्दभण्डार
१. शब्दकोश प्रयोग गरी दइएका शब्दको अर्थ लेख्नुहोस:
पाताल : पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक, पुराणअनुसार सात लोकमध्ये एक लोक, नागलोक
टीका : निधारमा लगाइने चन्दन, कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या, अर्थ
किल्ला : प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ
घनघोर : भयङ्कर, ज्यादै घना, डरलाग्दो
शपथ : कुनै काम हो होइन भनी गर्ने वचनबद्धता, किरिया, प्रतिज्ञा
अवतार : जन्म लिने काम, शरीर धारण गर्ने काम
हालत : अवस्था, हबिगत
२. ‘घरझगडा’ कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
कानमा तेल हाल्नु (चुपचाप बस्नु) : आफुलाई थाह नभयेको कुरामा कानमा तेल हालेर बस्नु नै राम्रो हो |
आँखामा बिझउनु (नराम्रो देख्नु) : धेरै बेरसम्म एउटै कुरालाई हेरिरहँदा आँखा बिझउनु थाल्छ ।
कम्मर कस्नु (आँट गर्नु ) : यो पटक गाऊमा एउटा विधालय खोल्न सबैले कम्मर कसेका छन् ।
आगो खेलाउनु : नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो ।
वाल्ल पर्नु : छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे ।
तेल घस्नु (चिप्लो घस्नु ) : आफनो काम पर्यो कि राज तेल घस्न थाल्छ ।
भासमा फस्नु : आफ्नो खराब बानी छ भने मानिस अवनतिको भासमा फस्दै जान्छ । उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन् ।
चोचोमोचो मिलाउनु : आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो ।
३. दिइएका उखान र तिनका अर्थ पहिचान गरि पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस :
अकबरी सुनलाई कसी लाउनु पर्दैन : असल कुराको परीक्षण आवश्यक नपर्न
इन्द्रका अगाडि स्वर्गको बयान : जान्ने मान्छेका अगाडि कम बुझेकाले भनेका कुरा अप्रभावकारी हुन्
जसले मह काढ्छ उसले हात चाट्छ : परिश्रम गर्नेले लाभ लिनु
नाच्न नजान्ने आँगन टेढो : आफू कमजोर भएर पनि अरुलाई दोष दिनु
मेरो गोरुको बाह्रै टक्का : आफ्नो कुरामा जिद्दी गर्नु
अड्को पड्को तेलको धूप : अप्ठ्यारो पर्दा आफूसँग भएकै अन्य कुराबाट काम चलाउनु
हुने बिरुवाको चिल्लो पात : भविष्यमा राम्रो हुने लक्षण सानैदेखि देखिनु
जुन गोरुको सिङ छैन त्यसको नाम तिखे : नामअनुसारको काम नहुनु
काग कराउँदै छ, पिना सुक्दै छ : अरूले जे भने पनि आफ्नो काममा निरन्तर लाग्न
आगो खेलाउनु : नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो ।
वाल्ल पर्नु : छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे ।
तेल घस्नु : कनसुत्ला जस्ता बानी भएका मान्छे तेल घस्न सिपालु हुन्छन् ।
भासमा फस्नु : आफ्नो खराब बानी छ भने मानिस अवनतिको भासमा फस्दै जान्छ । उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन् ।
चोचोमोचो मिलाउनु : आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो ।
४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस्
विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए । एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो । उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे । साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए ।
अनुकरणात्मक शब्द : लटरम्म घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गद्
५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस्ः
सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण
उत्तर: अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग,त्रिलोचन, थुनुवा, सिर्जना
बोध र अभिव्यक्ति
छ. दिइएका प्रश्नको उत्तर भन्नुहोस्ः
(क) ‘घरझगडा’ कथा कति अनुच्छेदमा संरचित छ ?
उत्तरः ‘घरझगडा’ कथा १० अनुच्छेदमा संरचित छ।
(ख) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तरः कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ ।
(ग) कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ ?
उत्तरः कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ ।