गाउँको माया
By Notes Vandar
Class 11 Compulsory Nepali Chapter Two: Gaunko Maya Complete Exercise
गाउँको माया
शब्दभण्डारः
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् ।
क) कोला: खेतको गरो
ख) आद्रर : नरम, रसिलो
ग) क्रीतदास : पैसा दिएर दास बनाउने
घ) ओरहा : पूर्ण नपाकेको मकै, गहुँलाई पोलेर तयार पारेको खानेकुरा
ङ) ठालु : गाउँबस्तीमा आफ्नै हैकम जमाउने मान्छे ।
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
क) स्वतन: उन्मुक्त
ख) कपडाको भकुण्डो : गिर
ग) अड्काउ : अल्झो
घ) भिन्न हुनाको अनुभव : अन्तराल
ङ) अर्काको काम गरिदिएवापत पाइने पारिश्रमिक : बनी
च) इज्जत : अभिमान
३. दिइएका शब्दहरुको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
नौटङ्की: रामले भरतलाई अकबरे सरदारको नौटङ्की बारे बतायो |
रिहर्सल: दिपक दशैंमा नयाँ नाटक देखाउन नाटकको रिहर्सलमा व्यस्त छ।
हुटहुटी: साथीहरुले राती विर्तामोडमा फिल्म हेर्न जान मलाई धेरै हुटहुटी लगाए ।
आली : दिनेश र म खेतको आलीमा बसेर खाना खादैं थियौ ।
अन्तराल : गाउँले माइलो अरब गएर धेरै लामो अन्तरालमा घर आयो ।
कृपापात्र : गाउँलेहरु अझै पनि महाजनका कृपापात्रको रुपमा काम गर्दछन् ।
नासो : म बाजेहरुको नासोलाई जोगाएर भोलीको पुस्तालाई देखाउनेछु
रण : नेपालको इतिहासका धेरै पानाहरु रणले भरिएका छन् ।
मानसपट : दिपको मानसपटमा विदेश कसरी जाने भन्ने सोच आउदैछ ।
४. दिइएका टुक्काहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् |
बिँडो थाम्नु, पाखुरा बर्जानु, लाजले पानी हुनु, वशमा पार्नु, हातेमालो गर्नु
उत्तर : रमेशले पिताको खेतीबारीको संरक्षण गरेर पिताको बिँडो थामेर गाउमा बसेको पनि २० वर्ष भएछ । पिताले सिकाएको आदर्शलाई सधै उ पालना गर्दछ । रमेश आफ्नो पाखुरा बर्जान कहिल्यै पछि पर्दैन । गाउँका अल्छेहरु भने रमेशको काम देखेर लाजले पानी भई अर्कै बाटो हिड्छन् । गाउँको महाजनले उसलाई विदेशको लोभ देखाएर वशमा पार्न प्रयास गर्दा पनि उसले गाउँ छोडेन । गाउँका सबै मानिहरुले उसको नयाँ कृषि प्रविधि प्रति हातोमालो गर्दछन् जसबाट उ पर्याप्त अन्न उब्जाउन सफल भएको छ ।
५. कक्षामा छलफल गरेर माथिका बाहेक अरु प्रचलित दशओटा टुक्का खोजेर लेख्नुहोस् ।
उत्तर : तीलको पहाड बनाउनु, दुबै हातमा लड्डू, बैद्यका गलागाँड, रिसले आगो हुनु, नाक काट्नु, मन चङ्गा हुनु, आँखा तर्नु, हात पसार्नु, वाचा गर्नु, घाँटी हेरी हाड निल्नु
बोध र अभिव्यक्ति
१. गाँउको माया कथा पढि दिइएका प्रश्नको उत्तर दिनुहोस् ।
क) यस कथामा कतिओटा अनुच्छेद छन् ?
यस कथामा १४ ओटा अनुच्छेद छन् ।
ख) सातौँ अनुच्छेदमा कतिवटा वाक्य छन् ?
सातौँ अनुच्छेदमा दुई ओटा वाक्य छन ।
ग) कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ ?
कृष्णको प्रवेश तेस्रो अनुच्छेदमा भएको छ ।
घ) म पात्र किन गाउँ गएको हो ?
आफ्नो मायाले गर्दा म पात्र गाउँ गएको हो ।
ङ) कथाका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना टिपोट गर्नुहोस ।
आदि भाग :
-आफ्नो गाउँको माया र वातावरणले तानिएको कृष्ण दुइ वर्ष पछि गाउँ जान सफल भएको छ ।
– उसको पढाइमा भएको राम्रो प्रगतिका कारण सहरमा पढ्ने अवसर प्राप्त गर्यो भने उसका धेरै साथिहरु गाउँमै हली बसेका छन् ।
मध्य भाग :
-घर आउने क्रममा उसको भेट अर्काको घरमा बसेर जिविका पार्जन गरिरहेको पुरानो साथि परिछनसँग हुन्छ । -पारिश्रमीक बढाउन बढाउन उठेको उठेको आवाज दबाउन मालिकहरुले उनीहरुलाई फुटाएका छन् ।
-यस्तो अत्याचार र शोषण विरुद्ध नाटक लेखेर सहयोग गर्न कृष्णलाई परिछनले गरेको आग्रह सुन्दै कृष्ण घरतर्फ लागे ।
ग) म पात्र करिब २ वर्षपछि आफ्नो गाउँले जीवनका अनेक घटना सम्झदै गाउँतिर फर्कनु
ङ) परिछनले जयरामजीकी भनि बोलाएको आधाजले म पात्र झस्किनु
झ) परिछन खोलाछेउको कुवामा पानी लिन जानु र म पात्रले खोलाका राम्रा नराम्रा पक्षका बारेमा सोच्नु
क) पानी पिएपछि परिछनले गाउँका ठालुका कारण गाउँमा तीन पाटी भएको सुनाउनु
घ) तिमी गाउँमै भए ठालुहरुले यसरी सताउन नसक्ने कुरा परिछनले म पात्रलाई बताउनु
ख) म पात्रले तिमीहरुकै कारणले गाउँ प्रगतीको पथमा छ भन्दै राम्रो कामको श्रेय परिछनलाई दिएर सम्मान प्रकट गर्नु
छ) परिछनसँग गाउँका अनेक सुखदुःखका कुराकानी गर्नु
च) महावीरजीको झन्डा मेलामा गाउँकै घटनाहरु राखेर परिछनले म पात्रलाई नाटक लेख्न अनुरोध गर्नु
ज) गाउँ टेक्न नपाउँदै एउटा गहन जिम्मेवारी पाइएको कुरा सोच्दै म पात्र घरतिर लाग्नु
क) जब उत्तर गए रण पे तो पिछे हटना क्यो ?