वीर पुर्खा

By Notes Vandar

Chapter: 1 Bir Purkha Poem by Basudev Tripathi (Nepali Poet)

Complete Exercise from the Book

१. दिइएका अर्थ दिने शब्द पाठबाट छानेर लेख्नुहोस्  
(क) गिद्ध प्रजातिको ठुलो पक्षी विशेष – गरुड
(ख) प्रवाह – वेग
(ग) डाम – डोब
(घ) गौँडा- नाका
(ङ) पुरुषार्थ –पौरख

२. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्

पर्वत, तीर, बहादुर, सङ्केत, नभ, समुद्र, पाषाण, झन्डा

पर्वत – नेपालका पर्वतहरुले नेपालको मान उच्च राखेको छ ।
तीर – माझी माछा मार्न नदीको तीरमा जाने गर्दछ ।
बहादुर – नेपालीहरु वीर बहादुर गोर्खालीका सन्तानहरु हुन् ।
सङ्केत – रामले सपनामा कालो सर्प देख्नु राम्रो सङ्केत मानेन ।
नभ – नभको सुन्दर दृश्य हेर्न म कौशींमा गए ।
समुद्र – नेपालमा समुद्र नभएकाले व्यापार गर्न निकै समस्या छ ।
झन्डा – नेपालको राष्ट्रिय झन्डाले विश्वमा बेग्लै पहिचान बनाएको छ ।

३.दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द खोज्नुहोस् 

आँधी, वेग, खोला, तराई, धारा, माटो, रगत, गौरव, यात्रा

आँधी–बाँधी,
वेग-डेग,
खोला – चोला,
तराई – पराई,
धारा – पारा,
माटो साटो,
रगत- जगत,
गौरव- कौरव,
यात्रा – जात्रा

बोध र अभिव्यक्ति

१.कविता पढी दिइएका प्रश्नको उत्तर दिनुहोस्

(क) कवितामा कतिओटा श्लोक छन् ?
कवितामा ४ ओटा श्लोक छन् ।

(ख) कुन कुन पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ?
पहिलो पङ्क्तिमा सबैभन्दा बढी पद रहेका छन् ।

(ग) समान पदसङ्ख्या भएको श्लोक कुन हो ?
समान पदसङ्ख्या भएको श्लोक दोस्रो हो ।

(घ) कुन पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ?
तेस्रो पङ्क्तिमा सबैभन्दा कम पद रहेका छन् ।

(ङ) कवितामा प्रयोग भएका नदी र स्थानको सूची बनाउनुहोस् ।
कवितामा प्रयोग भएका नदीहरुको सूचि – टिस्टा, रावी, वेत्रावती कवितामा प्रयोग भएका स्थानको सूची – काँगडा, डिगर्चा

२. ‘वीर पुर्खा’ पहिलो श्लोक पढी त्यसलाई गद्यमा रूपान्तर गर्नुहोस् ।

वीर पुर्खाको साहसलाई विश्वका कुनै पनि शक्तिले रोक्न सकेन । उनीहरुको आइपर्ने कुनै खोला, पहाड एवम् आधीले उनीहरुको वीर यात्रा छेक्न रोक्न सकेन । वीर पुर्खाको वेग गरुडझै थियो जुन कुनै आकाशले बाध्न सकेन । वीर पुर्खाको पौरखले तराई, पहाड र हिमाललाई एक बनाई नेपालको रचना भयो ।

३. कविता पढी विषयको क्रम मिलाएर लेख्नुहोस्

(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।
(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।

उत्तर-

(ख) वीर पुर्खाको गतिलाई खोला र आँधीले रोक्न सक्दैन ।
(ङ) पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ ।
(घ) काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ ।
(ग) वेत्रावतीको किनारमा नेपालीको पौरखको चिनो छ ।
(क) वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ ।

४. दिइएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस्

डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला वेत्रावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

प्रश्नहरू: 

(क) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ ?
माथिको कवितांशमा हाम्रा पुर्खाहरूका अदम्य साहस र वीरताको प्रसंशा गाइएको छ । अंग्रेजसगको लडाइदेखि तिब्बतसम्मको लडाइमा हाम्रा वीर पुर्खाहरुले सधै वीरता प्राप्त गरि नेपालीहरुको पौरख विश्वसामु सदैव राख्न सफल भएका छन् । चिसो हिउद नभनी तिब्बतको डिगर्चामा एवम् वेत्रावती किनारमा युद्ध लडि सदैव नेपालको क्षेत्र विस्तारमा अगाडी उभिएका छन् । नालापानीको युद्धमा अंग्रेजहरु डराई वीर पुर्खासँग मितेरी साइनो गासेका थिए । यसबाट प्रस्ट हुन्छ कि नेपाली वीर पुर्खाहरु निडर, बहादुर एवम् देशप्रेम थिए ।

(ख) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौँ ?
हामीले हाम्रा पुर्खाको गौरव जोगाउन हाम्रा वीर पुर्खा प्रति सम्मान प्रकट गर्दै वीर गाथाहरु आउदो पुस्ताहरुमा हस्तान्तरण गर्नु पर्दछ । त्यसै गरि पुर्खाले देशप्रति देखाएको देशप्रेम हामीले कहिले पनि नभुलि सदैव आफ्नो मातृभूमिलाई आफ्नो प्राणभन्दा प्यारो ठान्नु पर्दछ ।

(ग) सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।’ यस कथनको तात्पर्य के हो ?
‘सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।’ भन्ने कथनको तात्पर्य वीर पुर्खाहरुले आफ्नो साहस नेपालभित्रमात्र नदेखाई विश्वभर देखाउन सफल भए भन्ने रहेको छ । विश्वयुद्धहुदा वीर नेपालीहरु विभिन्न देशहरुको मोर्चामा सामेल भई वीरचक्रहरु प्राप्त गरेको कुरा सबै नेपालीहरुलाई प्रष्ट नै छ ।

५. दिइएको कवितांश पढी सोधिएका प्रश्नहरूको दिनुहोस् ।

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।

प्रश्नहरू

(क) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम् वीरताले नेपालको रचना भएको हो । युद्धको क्रममा आइपर्ने खोला-नाला, पहाड – पर्वत, आधी- हुरी, जाडो गर्मी केही नभनि निरन्तर गरुडको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले नेपालको रचना गरे ।

(ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ।
हाम्रा वीर पुर्खाहरु अदम्य साहस, देशभक्ति एवम् वीरताले भरिएका थिए । उनीहरुलाई खोला–नाला, पहाड–पर्वत, आधी-हुरी, जाडो – गर्मी केहीले पनि कहिल्यै छेक्न रोक्न सकेन । वीर पुर्खाहरुले आफ्नो साहस नेपालभित्रमात्र नदेखाई विश्वभर देखाउन सफल भए।

६. ‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस्।

(क) नेपालीहरूको वीरता कसरी गुन्जिएको छ ?
अंग्रेजसगँको नालापानीको युद्धदेखि विभिन्न युद्धहरुमा वीर पुर्खाहरुले प्रतिकुल परिस्थिति आउदा पनि कति पनि विचलित नभई आफ्नो अदम्य साहस र वीरता प्रदर्शन गर जुन आज नेपालमा मात्र नभई विश्वभर गुन्जिएको छ ।

(ख) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ?
नेपालको भण्डामा रहेको चन्द्रसूर्यले नेपालीहरु सदैव निडर, साहसी, वीर, शान्तीप्रेमी एवम् अखण्डता प्रेमि रहेको अङ्कित गर्दछ ।

७. दिइएको कवितांशको व्याख्या गर्नुहोस्

गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।

उत्तर: दिइएको कवितांश कक्षा ११ को नेपाली किताबबाट लिइएको हो । यस देशभक्तिले ओतपोत भएको कविताका कवि वासुदेव त्रिपाठी हुन् । यस कवितामा नेपाली वीर पुर्खाहरुको अदम्य वीरगाथा कविले उजागर गरेका छन् ।
दिइएको कवितांशले नेपालीहरुको अदम्य साहस, देशभक्ति एवम् वीरतालाई प्रदर्शन गर्दछ । युद्धको क्रममा आइपर्ने खोला – नाला, पहाड – पर्वत, आधी – हुरी, जाडो – गर्मी केही नभनि निरन्तर गरुडको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले सुन्दर नेपालको रचना गरे ।

८. दिइएका बुँदाका आधारमा वीर पुर्खा’ कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस् ।

(क) पुर्खाको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आँधीले रोक्न नसकेको।
(ख) आकाशमा स्वच्छन्द उड्ने गरुडको जस्तो वेग।
(ग) पौरखी पुर्खाले तराई, पहाड र हिमाललाई जोडेर नेपाल बनाएका।
(घ) हाम्रा वीर पुर्खाको बहादुरीको गीत टिस्टा र राबी नदी तथा काँगडा, कलङ्गा र गङ्गासम्म गुन्जिएको।
(ङ) उत्तरमा तिब्बतसम्म पौरखी पाइला पुगेका।
(च) मित्रताले मात्र पुर्खाहरूको विजय यात्रालाई रोक्न सकेको ।
(छ) पुर्खाहरूको बहादुरी संसारभर फैलिएको।
(ज) हाम्रो नसामा आज पनि पुर्खाकै रगत बगेको।

उत्तर:  वीर पुर्खा कविता राष्ट्रप्रेम कवि वासुदेव त्रिपाठीद्धारा रचिएको देशभक्तिले ओतपोत कविता हो । हाम्रा वीर एवम् अमर पुर्खाहरुको त्याग र बलिदान यस कवितामा कविले सरल र सहज तरिकाले प्रस्तुत गर्न सफल हुनु भएको छ । यस कवितामा नेपाली वीर पुर्खाहरुको अदम्य वीरगाथा कविले उजागर गरेका छन् ।
नेपाली वीर पुर्खाहरुको अदम्य साहस, देशभक्ति एवम् वीरतालाई कविताले प्रदर्शन गर्दछ । युद्धको क्रममा आइपर्ने खोला नाला, पहाड – पर्वत, आधी-हुरी, जाडो – गर्मी केही नभनि निरन्तर गरुडको वेगमा लडेर हिमाल, पहाड एवम् तराई जोडी वीर पुर्खाहरुले सुन्दर नेपालको रचना गरे ।
अंग्रेजसगँको नालापानीको युद्धदेखि विभिन्न युद्धहरुमा वीर पुर्खाहरुले प्रतिकुल परिस्थिति आउदा पनि कति पनि विचलित नभई आफ्नो अदम्य साहस र वीरता प्रदर्शन गरे जुन आज नेपालमा मात्र नभई विश्वभर गुन्जिएको छ । चिसो हिउद नभनी तिब्बतको डिगर्चामा एवम् वेत्रावती किनारमा युद्ध लडि सदैव नेपालको क्षेत्र विस्तारमा अगाडी उभिएका छन् । नालापानीको युद्धमा अंग्रेजहरु डराई वीर पुर्खासँग मितेरी साइनो गासेका थिए । यसबाट प्रस्ट हुन्छ कि नेपाली वीर पुर्खाहरु निडर, बहादुर एवम् देशप्रेम थिए ।

९. दिइएको अनुच्छेद पढी मुख्य मुख्य बुँदाहरू टिप्नुहोस् ।

सुरु सुरुमा इतिहास पनि साहित्यकै एक अङ्गका रूपमा मानिएको थियो । मानिसहरूलाई आनन्द दिलाउने तथा मनोरञ्जन प्रदान गर्ने साधनका रूपमा यसको प्रयोग गरिन्थ्यो । इतिहासका सत्य घटनालाई बढीभन्दा बढी रोचक बनाउन अनेक काल्पनिक कुरा समावेश नेपाली, कक्षा ११ छ गरिन्थ्यो । यसले गर्दा इतिहासको वास्तविकता के हो, पहिल्याउनसमेत गाह्रो पथ्र्यो । इसापूर्व पाँचौँ शताब्दीतिरका केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए । ग्रिक विद्वान् हेरोडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ । उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । हेरोडोटसपछि थुप्रै विद्वान्हरूले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढङ्गले लेख्ने प्रयत्न गरे । हेरोडोटसकै अनुयायी थ्युसिडाइसले पेलोपोनेसियन युद्धको इतिहास आफ्नै व्यक्तिगत अवलोकन र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका थिए । अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिएका थिए । मध्यकालमा आएर युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो । सोरौँ सत्रौँ शताब्दीमा युरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनमा ठुलै परिवर्तन ल्यायो । यस युगमा आएको परिवर्तनले गर्दा फेरि विद्वान्हरूले इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन थाले । आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भयो । यस युगमा प्राचीन इतिहासको खोजीको प्रव्रिया पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो ।

१. साहित्यकै एक अङ्गका रूपमा मानिएको इतिहासले मानिसहरूलाई आनन्द तथा मनोरञ्जन प्रदान गर्ने ।
२. इतिहासलाई रोचक बनाउन कल्पनाको प्रयोगले वास्ताविकता पहिचानमा कठिनाई
३. इसापूर्व पाँचौँ शताब्दीका इतिहासका प्रथम सिद्धान्तकार ग्रिक विद्वान् हेरोडोटस इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील ।
४. हेरोडोटसपछि अन्यले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग गर्दै व्यक्तिगत अवलोकन र प्रत्यक्षदर्शीको बयान एवम् दार्शनिक चिन्तनका रूपमा प्रस्तुत गरेका ।
५. मध्यकालमा युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गरियो भने सो सत्रौँ शताब्दीमा युरोपको पुनर्जागरणले इतिहास लेखनलाई तथ्यपूर्ण बनाएको
६. आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भइ प्राचीन इतिहासको खोजी गरि इतिहासलाई एउटा छुट्टै विधाका रूपमा स्थापित ।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको जवाफ दिनुहोस् ।

भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् । भाषालाई स्पष्ट रूपमा चिन्न यसका प्रकृति र विशेषताहरूको उल्लेख गर्नु अझ सान्दर्भिक ठहरिन्छ । भाषा पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित सम्पत्ति हो । भाषा सामाजिक वस्तु हो र यो एकप्रकारको परम्परा पनि हो । कुनै पनि व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन । वास्तवमा भाषा अनुकरणद्वारा आर्जन गर्ने गरिन्छ । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन । भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ । प्रत्येक भाषाको आफ्नै प्रकारको संरचना हुन्छ । स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील रहन्छ । त्यस्तै हरेक भाषा आफ्नो विकासको व्रममा स्थूलबाट सूक्ष्मतिर र अपरिपक्कको स्थितिबाट परिपक्वको स्थितितिर यात्रारत रहन्छ । सबै भाषाको आफ्नो मानक रूप हुन्छ । यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।

प्रश्नहरू

(क) भाषा भनेको के हो ?
भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।

(ख) भाषाका विशेषताहरू बताउनुहोस् ।
यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।

(ग) `वाक्प्रतीक’ र ‘यादृच्छिक’ शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
‘वाक्प्रतीक’ को अर्थ ध्वनी चिन्ह हुन्छ ।
वाक्य— भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।
‘यादृच्छिक’ को अर्थ स्वेच्छिक भन्ने हुन्छ ।
वाक्य- यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन् ।

(घ) यस अनुच्छेदको पहिलो वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।
भाषा यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था हो त्यसैले यसको सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन् ।

व्याकरण खण्ड

नेपाली व्यञ्जनको वर्गीकरण

नेपाली व्यञ्जन वर्णलाई उच्चारण स्थान, उच्चारण प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा वर्गीकरण गरिन्छ ।

१. उच्चारण स्थानका आधारमा

उच्चारण स्थानका आधारमा नेपाली व्यञ्जन वर्णहरू निम्नलिखित छन्
(क) कण्ठ्य : क ख ग घ ङ
(ख) दन्तमूलीय : च छ ज झ ट ठ ड न र ल स ड
(ग) दन्त्यः त थ द ध
(घ)ओष्ठ्यः प फ ब भ म व
(ङ) तालव्य : य
(च) स्वरमन्त्रमुखी : ह

२. उच्चारण प्रयत्नका आधारमा उच्चारण प्रयत्नका आधारमा नेपाली व्यञ्जन वर्णहरू निम्नलिखित छन्

(क) स्पर्शी : क ख ग घ ट ठ ड ढ त थ द ध प फ ब भ
(ख) स्पर्शसङ्घर्षीः च छ ज झ
(ग) सङ्घर्षी : स ह
(घ) नासिक्य : ङ न म
(ङ) कम्पितः र
(च)पाश्र्विक : ल
(छ) अर्धस्वर : य व

३. घोषत्वका आधारमा घोषत्वका आधारमा नेपाली व्यञ्जन वर्णहरू निम्नलिखित छन् 
(क) घोष: ग ज ड द ब घ झ ढ ध भङ न म य र ल व ह
(ख) अघोषः क च ट त पख छ ठ थ फ स

४. प्राणत्वका आधारमा प्राणत्वका आधारमा नेपाली व्यञ्जन वर्णहरू निम्नलिखित छन् :
(क) अल्पप्राण : क च ट त प ग ज ड द ब ङ न म य र ल व
(ख) महाप्राण : ख छ ठ थ फघ झ ढ ध भ स ह

प्रश्नहरू

१. कथ्य नेपालीमा नभएका वर्णहरू कुन कुन हुन्, लेख्नुहोस् ।
कथ्य नेपालीमा नभएका स्वर वर्णहरू ई, ऋ, ऐ, औ, अं, अः हुन् ।
कथ्य नेपालीमा नभएका व्यञ्जन वर्णहरू ञ, ण, श, ष, क्ष, त्र ज्ञ हुन् ।

२. दिइएका लेख्य वर्णहरूको उच्चारण कस्तो हुन्छ, लेख्नुहोस्

३. दिइएको कवितांशबाट गाढा वर्ण टिपी तिनको उच्चारण स्थान छुट्याउनुहोस्

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल । पहाड तराई जुट्न सक्यो ।
गाढा वर्ण –म, ग, छ, र, त, य, क, झ, व, ब ल, ह, ज ।

४. ‘काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला’ पङ्क्तिमा रहेका सग्ला व्यञ्जन वर्णलाई उच्चारण स्थानका आधारमा पहिचान गरी सूचीबद्ध गर्नु होस् ।

सग्ला व्यञ्जन वर्ण– क, ग, ड, ल, ढ, म, ट, ब, छ, ह ।

५. दिइएको अनुच्छेदबाट पाँचओटा सघोष र पाँचओटा अघोष वर्ण खोजी लेख्नुहोस्

नेपालका कतिपय भाषा अहिले पनि कथ्य परम्परामा नै सीमित छन् । लेख्य परम्परा भएका भाषाहरूमा नेपाली, मैथिली, नेवारी, तामाङ, मगर, लिम्बु, भोजपुरी, अवधी आदि हुन् । अन्य केही भाषाहरूमा लेख्य परम्पराको विकास हुँदै छ । यस्ता भाषाहरू गुरुङ, थुलुङ, बान्तवा, चाम्लिङ, खालिङ, कुलुङ आदि हुन् ।

पाँचओटा सघोष वर्ण – य, र, ल, भ, म
पाँचओटा अघोष वर्ण – स, ह, ख, भ, घ

६. दिइएका पङ्क्तिबाट पाँचओटा अल्पप्राण र पाँचओटा महाप्राण वर्ण पहिचान गरी लेख्नुहोस्:

डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला बेत्रावती किनारभरि पौरखको चिनो होला वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

उत्तर : पाँचओटा अल्पप्राण वर्ण – ग, व, त, च, ल पाँचओटा महाप्राण वर्ण-स, ह, ख, भ, घ

७. दिइएका वर्णहरूको उच्चारण स्थान र प्राणत्वको पहिचान गरी लेख्नुहोस्

क, झ, ट, त, फ, ह

उत्तर :

८. उच्चारण प्रयत्न र घोषत्वका आधारमा दिइएका वर्णहरूको पहिचान गरी लेख्नुहोस्

ख छ स न य ब

उत्तर :

९. उच्चारण स्थान र घोषत्वका आधारमा दिइएका व्यञ्जन वर्णको वर्गीकरण गर्नुहोस्

घ द छ ह फ य

उत्तर :

१०. उच्चारण प्रयत्न र प्राणत्वका आधारमा दिइएका व्यञ्जन वर्णहरूको वर्गीकरण गर्नुहोस्
म स ठ ज थ र

उत्तर:

१. दिइएको कवितांशमा उपयुक्त शब्द छानी भर्नुहोस्

(हिमालको, मैदानमा, गाथा बोकी, न्यानो घाम)

 

गौरवको गाथा बोकी सिर्जनाको फूल रोपी
नेपालीको मनमुटु हिमालको हिउँले छोपी

आएँ तल मधेसमा न्यानो तापी मैदानमा
न्यानो घाम पूर्वको त्यो बिहानीमा ।

2. अभिभावक वा अन्य जानकार व्यक्तिसँग सोधखोज गरी आफ्नो पाँच पुस्ताको पुख्र्यौली विवरण तथा वंशतालिका निर्माण गर्नुहोस् र कक्षामा प्रदर्शन गर्नुहोस् ।

 

Next Chapter
Important Questions
Comments
Discussion
0 Comments
  Loading . . .